१९ मंसिर, काठमाडौं । साताको पाँचौँ दिन सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य १५ रुपैयाँ प्रतितोला घटेको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँ कायम रहँदा तेजाबी सुनको मूल्य ७१ हजार ७ सय रुपैयाँ प्रतितोला रह्यो । यस्तै चाँदीको मूल्य ८ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।