१८ मंसिर, एजेन्सी । घरको अलग–अलग स्थानमा अलग–अलग ग्रहहरुले नियन्त्रण गरिरहेका छन् । त्यहाँ ग्रहहरुको सहि रङको प्रयोग गर्नाले ग्रह मजबुत हुन्छ ।

सहि स्थानमा सहि रङ प्रयोग गर्नाले ग्रहहरुको सन्तुलन बनिरहन्छ र सुख शान्ति रहन्छ । के तपाईंलाई थाहा छ, गलत रङको प्रया्ेगबाट ग्रह उल्टिन पनि सक्छ र बिनाकारण तपाईंलाई समस्या आउनसक्छ । घरको कुन स्थानमा कुन रङ प्रयोग गर्नुपर्छ भन्नेबारेमा जानकारी दिनेछौं ।

घरको मुख्यद्वारको रङ कस्तो हुनुपर्छ ?
घरको मुख्यद्वारमा सुर्यसँग सम्बन्ध राख्छ । यो स्थानमा कालो रङको प्रयोगले सबैभन्दा बढी नोक्सान गर्छ । यस स्थानमा प्रकाशको राम्रो व्यवस्था हुनुपर्छ ।

घरको लिभिङ एरियाको रङ कस्तो हुनुपर्छ ?
यस स्थानमा चन्द्रमाको स्थान हो । घरको लिभिङ एरियाको रङ चमकदार हुनुपर्छ । यस्तो स्थानमा सेतो रङको पनि प्रयोग गर्नसक्नुहुन्छ । हल्का पहेँलो, गुलाबी र बैजनी रङ पनि प्रयोग गर्नसकिनेछ ।

घरको भान्सामा कस्तो रङ प्रयोग गर्नुपर्छ ?
घरको भान्सामा मंगल र केही अंशमा सूर्य पनि रहनेगर्छन् । यस स्थानमा पहेँलो र सुन्तला रङ शुभ मानिन्छ । यहाँ सूर्यको प्रकाश पनि आउनु जरुरी छ । यहाँ गाढा रङहरुको प्रयोग गर्नहुँदैन ।

rule of bedroom

शयन कक्षको रङ कस्तो हुनुपर्छ ?
यो स्थानमा शुक्र र केही अंश शनिसँग सम्बन्ध राख्छ । यो स्थानमा चिसो रङहरुको प्रयोग लाभदायी हुन्छ । चिसो रङ भन्नाले गुलाबी, हल्का हरियो र क्रिम कलरलाई भनिन्छ । यहाँ रातो र नीलो रङको प्रयोग गर्नुहुँदैन । यस स्थानमा हल्का प्रकाशको व्यवस्था गर्नुपर्छ ।

बाथरुमको रङ कस्तो हुनुपर्छ ?
यस स्थानमा राहु र केतुको सम्बन्ध राख्छ । यस स्थानमा जलीय रङहरुको प्रयोग लाभदायी हुन्छ । यस्तो स्थानमा निलो र सेतो रङको प्रयोग गर्नुपर्छ । यहाँ प्रकाशको राम्रो व्यवस्था हुनुपर्छ ।