१० मंसिर, एजेन्सी । हामी धेरैको घरमा कुनै न कुनै भगवानको तस्बिर वा मुर्ति अवश्य पनि राखिएको हुन्छ । तर त्यसलाई हामीले जहाँ खाली भयो त्यहाँ अथवा जहाँ राख्दा राम्रो देखिन्छ त्यहाँ लगाउने गर्छौँ । तर घरमा मुर्ति र तस्बिरहरु राख्दा हामीले एकदमै धेरै ध्यान पुर्याउनुपर्ने हुन्छ ।

वास्तुशास्त्रलाई मध्यनजर गरी तस्बिर र मुर्ति राख्नाले त्यसले हाम्रो भविष्यमा आउने संकटहरुलाई पर धकेल्न मद्दत गर्छ भने घरमा सुख एवं समृद्धि भइरहन्छ । मानसार, समरांगणसुधार, प्रासाद मण्डन र वृहत्संहिता वस्ता वास्तु ग्रन्थहरुमा घरको सजावट र अन्य विषयबस्तुको बारेमा विस्तारमा वर्णन गरिएको छ ।

यी ग्रन्थहरुका अनुसार घरमा राखिएको बस्तु वा तस्बिरहरुको शुभ–अशुभ असर त्यहाँ बस्ने मानिसहरुमा पर्न जान्छ । यस ग्रन्थमा कस्ता प्रकारका मूर्ति र तस्बिरहरु घरमा राख्नुहुँदैन भन्ने विषयमा लेखिएको छ । जनावरको तस्बिरहरु सँगसँगै ऐतिहासिक र पौराणीक तस्बिरहरु राख्दा पनि सावधानी अपनाउनुपर्ने ग्रन्थमा उल्लेख गरिएको छ ।

१. समरांगण सत्रुधारको ३८औं अध्यायमा गिद्ध, उल्लु, परेवा, काग, बाज र बंकुल्ला जस्ता पंक्षीहरुको तस्बिर घरमा राख्नुहुँदैन ।
२. सर्प र गोहीजस्ता जीवहरुको तस्बिर, चित्र र त्यस्तै आकार–प्रकारका बस्तुहरु घरमा राख्नाले दोष लाग्ने वास्तुग्रन्थमा लेखिएको छ ।
३. सुंगुर, बाँदर, ऊँटको साथमा अन्य जंगली जनावरहरु जस्तै सिंह, स्याल, बिरालो जस्ता मांशाहारी पशुहरुको तस्बिर पनि घरमा राख्नुहुँदैन ।
४. रामायण वा महाभारतको कुनैपनि प्रकारको युद्धको चित्र घरमा हुनु अशुभ मानिन्छ । यसको साथसाथै अरु पुराणहरुको भनिएको कथाहरुको पात्रहरुको तस्बिर पनि घरमा हुनुहुँदैन ।
५. रोएको मानिस, राक्षस र भुत–प्रेतको डरलाग्दो तस्बिर घरमा हुनुलाई राम्रो लक्षणमा मानिँदैन ।