३ चैत, बाँके । १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–२ आनन्दनगर बस्ने २८ वर्षीय चित्र बहादुर थापा रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरसम्म पुर्‍याईदिन्छु भन्दै भे १ च २२९७ नम्बरको भ्यानमा राखी होमस्टेमा लगेर जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पीडित किशोरीको स्वास्थ्य परीक्षाणको लागि अस्पताल पठाइएको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।