३० फागुन, काठमाडौं । तुलसीपुरमा चट्याङ लागेर आज एक युवती गम्भीर घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ दौडाँडे निवासी २२ वर्षीया शिवा बस्नेत चट्याङ लागेर घाइते भएका हुन् ।

घरमै बसिरहेको अवस्थामा आज दिउँसो १ः१५ बजेतिर परेको चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चट्याङ लागेर बस्नेतको दुईवटै खुट्टा जलेका छन् । रासस