२५ पुस, एजेन्सी । सन् २०२०को पहिलो ग्रहण आज लाग्दैछ । चन्द्र ग्रहणको राति १० बजेर ५२ देखि शुरु भई भोलि बिहान २ बजेर ५७ मिनेटमा सकिनेछ । यो ग्रहणले पूर्णरुपमा चन्द्रमालाई नछोपिकन खण्डग्रास मात्र रहने भएको छ ।

यो ग्रहणको समयमा चन्द्रमा मिथुन राशिमा हुन्छ, नक्षत्र पूर्नवसु रहन्छ । मिथुन राशि भएका मानिसहरु चन्द्रगहणको समय सचेत रहनुपर्छ । यो समयमा केही यस्ता कामहरु नगर्नको लागि ज्योतिषहरुले सुझाएका छन् । आखिर चन्द्रग्रहणको समय के–के काम गर्नुहुँदैन त । आउनुहोस् जानौँ ।

– ग्रहणको समय पूजा गर्नुहुँदैन । तर, यो ग्रहणमा भने अरु भगवानको पूजा गर्नु घात भएपनि शिवलिङ्गको पूजा गर्न सकिनेछ ।
– चन्द्रग्रहणको समयमा शुभ कार्य गर्नुहुँदैन । चन्द्रग्रहणको समयमा शुभ काम गर्दा पनि उल्टो हुन जान्छ ।
– चन्द्र ग्रहणको समयमा प्रकृति एकदमै संवेदनशील हुने गर्छ । त्यसकारण यो समयमा रुख, बुट्यान, तथा कोपिलाहरु टिप्नुहुँदैन ।
– ज्योतिषिय मान्यताका अनुसार चन्द्र ग्रहणको समयमा नङ र कपाल काट्नु अशुभ मानिन्छ ।
– चन्द्र ग्रहणको समयमा खानामा तुलसीको पात राखेर मात्र खानु शुभ हुन्छ ।
– ग्रहणपछि नुहाएपछि सफा र पवित्र कपडा लगाउनुपर्छ । त्यसपछि दान र पुन्यको काम गर्नुपर्छ ।
– धार्मिक मान्यताअनुसार ग्रहणको समयमा गरिब वा असहाय व्यक्तिहरुको अपमान गर्नुहुँदैन । यस्तो गर्नाले शनिदेव रिसाउने पण्डितहरु बताउँछन् ।
– चन्द्र ग्रहणको समयमा गर्भवती महिलहरुलाई ग्रहण देख्न दिन हुँदैन । ग्रहणको असरले गर्भको शिशु गुम्नसक्ने धार्मिक मान्यता छ ।