९ मंसिर, काठमाडौं । चलचित्र ‘चपली हाइट ३’ को प्रदर्शन मिति सार्वजनिक भएसँगै दुई चलचित्रहरुबीच भिडन्त हुने पक्का भएको छ । चलचित्र ‘चपली हाइटका निर्देशक निकेस खड्का र निर्माता अर्जुन कुमारले सोमबार एक भिडियो जारी गर्दै चलचित्रको प्रदर्शन मिति चैत २८ गतेलाई पक्का गरेका हुन् ।

‘चपली हाइट’ फिल्को पहिलो र दोश्रो सिरिज निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने तेश्रो सिरिजमा उनले निर्देशन निकेश खड्कालाई रोजेका छन् । अर्जुन कुमार र निकेश खड्काले यसअघि पनि ‘फाटेको जुत्ता’ फिल्ममा सहकार्य गरिसकेका छन् । ‘चपली हाईट ३’को ५ दिनको सुटिङ सकिएको छ ।

‘चपली हाइट ३’को प्रदर्शन मिति सार्वजनिक गर्दै गर्दा उता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेम गीत ३’को प्रदर्शन मिति पनि सोही दिन पक्का भइसकेको छ । निर्माता एवं डेब्यु निर्देशन सन्तोष सेनले यसअघि नै चलचित्रको प्रदर्शन मिति चैत २८ लाई पक्का गरिसकेका थिए ।

‘प्रेम गीत ३’को टीम पनि काठमाडौंको सुटिङ सकेर मनाङ जाने तयारीमा रहेको निर्माता सेनले जानकारी दिए । दुई सिक्वेल फिल्म भएकोले दर्शकहरुले उत्तिकै रुचाउन देखिए पनि चलचित्रको व्यापारलाई केही न केही प्रभाव भने अवश्य पार्ने देखिएको छ ।