काठमाडौं, ४ बैशाख । चरम आर्थिक संकटमा फसेपछि भारतीय कम्पनी जेट एयरवेजले आफ्ना सबै उडान रद्ध गरेको छ ।


बैंकले ४ सय कराेड रुपैयाँ ऋण दिन अस्वीकार गरेपछि कम्पनीले आज बुधबार रातिदेखि सबै उडान अस्थायी रुपमा स्थगित गरेको छ । हिजो मंगलबार जेट एयरवेजका पाँचवटा विमानले उडान भरेका थिए । जेट एयरवेज आर्थिक संकटमा फसेपछि पाइलटहरुले तीन महिनादेखि तलव पाएका छैनन् ।

यो बीचमा ४ सय पाइलटले जागिर छोडिसकेका छन् अझै जेट एयरवेजमा १३ सय पाइलट कार्यरत रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । २५ वर्ष पुरानो एयरलायन्स कम्पनी जेट एयरवेज ८ हजार करोड भन्दा धेरै ऋणमा डुबेको छ । जेट एयरवेजको अन्तिम उडान आज राति १०ः३० बजे हुने बताइएको छ ।