२४ भदौ, काठमाडौं । चर्चित कलाकारहरुको अभिनयमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘एक कान दुई कान मैदान’ बोलको गीतमा मेलिना राई र आशिष सचिन (गौतम)को स्वर छ । हिमांशु रायामझीको शब्द र भिम बिसीको संगीत रहेको गीतको एरेन्ज चर्चित एरेञ्जर उदयराज पौडेले गरेका हुन् ।

गीतको भिडियोमा अभिनेता सरोज खनाल, कलाकारहरु सरोज अधिकारी, आश्मा विश्वकर्मा, आँचल शर्मा, पवन खतिवडा ‘म्याकुरी’, आशिष सचिन र मधुसुदन आचार्यको अभिनय छ । दीपक आचार्यको निर्देशनमा बनेको भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् ।

आरोही पार्टीज कलेक्सनको प्रस्तुती रहेको गीत आरोही गौतमको हो । गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन जीवन थापाले गरेका हुन् । गीतको भिडियो हेर्दा गीतको लागि राम्रै लगानी गरेको देख्न सकिन्छ ।