यौन जीवन तथा यौन कार्यलाई अझ स्वस्थ्य अनि रमाइलो बनाउने अनेकन उपाय छन्। तर केही यस्ता चर्चित सेक्स टिप्स पनि छन् जो वास्तवमा काम गर्दैन्। यहाँ केही यस्तै मिथ्या टिप्सहरुको चर्चा गरिएको छ।

actress face

सेक्स गर्दा आवाज निकाल्नु

सेक्सको समय आवाज निकाल्नु एक तवरले सेक्सी कार्य हो। तर छिमेकी पनि तर्सिने गरी आवाज निकाल्ने, च्याँठ्ठिने, कराउने न त स्वभाविक हो न स्वस्थ नै। यदि स्वभाविक आवाज होइन र जबरजस्ती निकालिएको हो भने बरु यसले तपाइको सेक्स पार्टनरको मुड भने बिगार्न सक्छ।

टोक्ने वा चिथोर्ने

हात र मुखको केही क्रिया आनन्ददायक हुन्छ, साथै यस्तो गर्ने सल्लाह पनि दिइन्छ। तर पागलझै छाला रातो हुने गरी टोक्ने वा चिथोर्ने काम पटक्कै गर्नु हुँदैन।

अवस्भाविक ठाउँमा औलाको प्रयोग

यहाँ अवस्भाविक ठाउँ भन्नाले पार्टनरको पछाडीको अंगलाई इंकित गरिएको हो। सेक्सको दौरान ‘एनस’मा औलाको प्रयोग गरि स्टिमुटेल गर्नुपूर्व आफ्नो पार्टनरलाई जानकारी दिनु आवश्यक हुन। जानकारी बिना अस्वाभाविक तवरले अन्य अंगमा औला प्रयोग नगर्नुस्।

पार्टनको अगाडी ठूलो बन्ने

हेरेक यौन सम्बन्धमा एउटा पार्टनर ‘बोसी’ अर्थात हुकुम चलाउन खोज्ने हुन्छ। यो जरुरी पनि हो। तर यही व्यवहार रुखो भइदियो भने सारा खेल समाप्त हुन्छ। आफ्नो पार्टनरलाई काम अह्राउने काम ख्याल गरेर मात्र गर्नुस्, सिमित रुपमा।

जिब्रोको अत्याधिक प्रयोग

किस गर्दा जिब्रोको प्रयोग सेक्सी मानिन्छ। तर अत्याधिक होइन। जथाभावी रुपमा अन्य अंगमा पनि जिब्रोको प्रयोग गर्दा धेरै अंगमा थुक वा र्याल पर्दा कसैले पनि मन पराउँदैन।

कपाल तान्ने

सेक्सको चरम समयमा पार्टनरको कपाल तान्ने काम ठिक जस्तो लाग्छ, तर बेस्सरी होइन। विस्तारै कपाल तान्दा वा मुसार्दाको असर अर्कै हुन्छ भने बेस्सरी तान्दा पार्टनरको मुड खराब हुन्छ।

डर्टी टक

सेक्सको समयमा अश्लील शब्दहरु धेरै बोल्ने काम राम्रो होइन। यो पनि एक कला हो, बढी बोल्दा राम्रो सुनिदैन, मुड मात्र बिगार्ने काम हुन्छ।

यो पढ्नुस्ः

सेक्स बारेका ७ मिथ्या जो वयस्क सत्य मान्छन्