१३ फागुन, काठमाडौ । चुनावी नेतृत्वका विषयमा छलफल गर्नका लागी शिर्ष चारको दलको बैठक आज पनि बस्दैछ । प्रधानन्यायाधीस खिलराज रेग्मीलाई चुनावी मन्त्रिपरिषदको अध्यक्ष बनाएर जेठ २२ मा निर्वाचन गर्न नसके फिर्ता बोलाउने प्रस्तावमा प्रधानन्यायाधिषले असहमति जनाएपछी कार्यदलले चुनावको समय सिमा बढाउने गरि ल्याएको नयाँ प्रस्तावमा दलहरूबीच छलफल हुँदैछ ।
आज बस्ने शिर्ष दलको बैठकले निर्वाचनको मिति तथा प्रधानन्यायाधिषलाई दिइने समयसिमाका विषयमा आज टुङ्गो लाग्ने बताइएको छ । यस्तै, दलहरूले आज पनि प्रधानन्यायाधिषलाई चुनावी सरकारको नेतृत्व लिनका लागि अन्तिम पटक आग्रह गर्ने बताइएको छ ।
कार्यदलले प्रधानन्याधिशले राखेको शर्त अनुसार ९ बुँदे सहमतिलाई संसोधन गरेको छ । कार्यदलले अब जेठमा चुनाव गर्नुपर्ने भन्ने वाक्याशं हटाएर मंसिरसम्ममा चुनाव गराउनुपर्ने उल्लेख गरेको छ । यस्तै प्रधानन्याधिशलाई प्रधानमन्त्री बनाउँदा आउने कानुनी अड्चन हटाउन संविधान संसोधनको प्रस्ताव पनि कार्यदलले गरेको छ ।