भारतमा अहिले लोकसभा चुनावको माहौल छ। मे १९ सम्म चल्ने महिना दिन लामो यो चुनावको रौनक बलिउडमा पनि छ। बलिउडका थुप्रै कलाकारहरु खुलेरै विभिन्न दलहरुको पक्षमा उभिएका छन् भने केही कलाकारको उमेम्दवारी नै परेको छ। तर बलिउडका यी चर्चित कलाकार भने चाहेर पनि यो चुनावमा भोट हाल्न पाउँदैनन्।

दिपिका पादुकोण

dipika 1354166
भारतको ब्याङ्लोरमा हुर्के बढेकी दिपिकाले यो चुनावमा चाहेर पनि भोट हाल्न पाउँदिनन्। उनको जन्म डेनमार्कको कोपनहेगनमा भएको थियो। उनीसंग डेनमार्कको पासपोर्ट छ। त्यसैले उनी यो निर्वाचनमा भाग लिन सक्दिनन्।

आलिया भट्

alia bhatt 2464616
आलिया पनि यो चुनावमा भाग लिन सक्दिनन्। उनीसंग बेलायती पासपोर्ट छ। उनकी आमा सोनी राजदान पनि बेलायती नागरिक हुन।

अक्षय कुमार

akshya kumar 310613
देशभक्त फिल्म रुचाउने अक्षयले पनि यो चुनावमा भोट हाल्ने छैनन्। पञ्जावको अमरितसरमा जन्मेका अक्षयले क्यानेडियन पासपोर्ट बोक्छन्। उनले चुनावमा भोट हाल्न पाउँदैनन।

ज्याकलिन फर्नान्डिज

jackqueline 4488326
बलिडउकी सफल नायिका ज्याकलिन भारतीय होइनन। उनी बहराइनमा जन्मेकी हुन। उनका पिता श्रीलङ्कन र आमा मलेसियन हुन। उनीसंग भारतीय नागरिकता छैन, त्यसैले भोट हाल्न पाउँदिनन।।

इमरान खान

imran khan 5547786
आमिर खानका भान्जा इमरान ‘जाने तु या…जाने ना’, ‘आइ हेट लभ स्टोरिज्’, ‘देल्ही बेली’ जस्ता फिल्मबाट चर्चित भएका थिए। उनले पनि यो चुनावमा भोट हाल्न पाउँदैनन् किनकी उनी अमेरिकन पासपोर्ट धारी हुन।

सन्नी लियोनी

sunny leone 6315496
सन्नीको वास्तविक नाम करनजी कौर हो। भारतीय मूलकी भएनि उनी क्यानेडियन पासपोर्टधारी हुन, त्यसैले यो चुनावमा भोट हाल्न पाउँदिनन्।

क्याट्रिना कैफ

katrina kaif 7213316
क्याट्रिना बेलायती नागरिक हुन। उनीसंग भारतीय नागरिकता छैन। त्यसैले चुनावमा भोट हाल्न पाउँदिनन्।