१९ भदौ, एजेन्सी । भ्रष्टाचारको आरोपमा पक्राउ परेका भारतका पूर्व अर्थमन्त्री पी चिदम्बरमको न्यायिक हिरासत लम्बाइएको छ ।

दिल्लीको रोज एभेन्यु अदालतले आज सुनुवाइपछि आगामी १४ दिनसम्म तिहाड जेलमा राख्न अदेश दिएको हो । अदालतले १९ सेप्टेम्बरसम्म चिदम्बरमलाई हिरासतमा राख्ने अनुमति दिएको हो । सीबीआइएले उनलाई न्यायिक हिरासतमा पठाउन अपिल गरेको थियो । चिदम्बरमका वकिल कपिल सिब्बलले यसको विरोध विरोध गरेका थिए ।

तिहाड प्रशासनका बरिष्ठ अधिकारीका अनुसार चिदम्बरम तिहाड जेलमा अरु कैदीजस्तै सामान्य रुपमा जेलमा रहने बताएका भारतीय संचारमाध्यामले जनाएका छन् । तिहाड जेल प्रशासनले अदालतको आदेश पर्खिरहेको छ । त्यसपछि उनलाई कुन वार्डमा राख्ने भन्ने निर्णय हुने बताइएको छ । स्रोतलाई उद्यृत गर्दै आजतकले जनाए अनुसरा चिदम्बरमलाई ७ नम्बर जेलमा राखिने छ । यो जेलमा आर्थिक अपराधसँग जोडिएका कैदीहरुलाई राख्ने गरिएको छ ।