११ असोज, इलाम । मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानमा कार्यरत महिला मजदुरहरुलाई निःशुल्क कपडा वितरण गरिएको छ ।

lrof l6Kb} M Onfdsf] blIf0fL bfgfaf/Ll:yt lrlndsf]6l:yt lrof aufgdf lrof l6Kb} aufgsf dhb’/x¿ . tl:a/M uf]ljGb nfld5fg]÷Onfd /f;;

चाडपर्वको अवसर पारेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उनीहरुकै घरमा पुगेर कपडा वितरण गरेका हुन् । ज्याला मजदुरी गरेको पैसाले खान समेत नपुग्ने अवस्थामा रहेका उनीहरुलाई दशैं, तिहार तथा छठलगायतका महान चाडपर्व मनाउनका लागि उनले आफ्नो निजी खर्चमा उनीहरुलाई साडी वितरण गर्नुभएको वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचेले बताए ।

वडा अध्यक्ष मेचेको अगुवाइमा ५० जना भन्दा बढी महिलालाई साडी बितरण गरिएको हो । विपन्न समुदायका ती महिलाले नयाँ साडी पाएसंगै खुशी भएका छन् ।