चीनको सिंताइ शहरको एक सडकमा निकै अनौठो घटना भयो। चौबाटोमा अकस्मात गाडीहरु हावामा उचालिए। तीनवटा गाडी समान्य तवरले गुडिरहँदा अकस्मात एकै चोटी ती गाडी हावामा उचालिएको भिडियो लाइभलिकले सार्वजनिक गरेको हो।

china flying cars (3)

यो घटना कसरी घट्यो भन्ने थाहा हुन आएको छैन साथै घटनामा कोही घाइते भए नभएको बारेमा भने लाइभलिकले बताएको छैन।  सामाजिक सञ्जालमा निकै भाइरल भएको यो भिडियो हेर्ने अधिकांसले भने सडकमा कुनै तार रहेको र त्यसैमा अल्झेर यस्तो भएको हुन सक्ने अनुमान लगाएका छन्। केही मानिसभने यो एलियनको काम हो भन्दै फिल्मी प्रतिक्रिया दिइरहेका छन।

अमेरिकाको सडक अचानक फाट्यो – तस्बिर र भिडियो

china flying cars (1)

हेर्नुहोस् भिडियो,