११ चैत, एजेन्सी । कोभिड १९ अर्थात कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानमा फेरि कोरोना भाइरस देखा परेको छ ।

पाँच दिनसम्म शून्य भएपछि फेरि भाइरसको संक्रमण देखा परेको बीबीसीले जनाएको छ । चीनमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३ हजार २ सय ७७ जनाको मृत्यु भइसकेको छ । चीनमा नियन्त्रण हुँदै वुहानमा शून्यमा आएको कोरोना भाइरसको प्रकोप फेरि देखा परेपछि चिकित्सकहरु चिन्तित भएका छन् ।

नयाँ भाइरसका रुपमा देखा परेको कोभिड १९ पहिलोपटक चीनको वुहानमा देखा परेको थियो । अहिले चीनमा आन्तरिक भन्दा पनि बाहिरबाट सङ्क्रमण भित्रिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनको पूर्वी छिमेकी दक्षिण कोरियामा कोरोनाभाइरस सङक्रमण घट्ने क्रम जारी रहेको छ । चार हप्ताअघि त्यहाँ सङ्क्रमण दर उच्च रहेको थियो । युरोपमा भने भुसको आगो जसरी फैलिइरहेको छ ।