१ असोज, एजेन्सी । भारत र चीनको सिमाना लद्दाखमा चीनको सीमा विवादपछि उब्जिएको तनावको अवस्थामा भारतीय सेना र एयरफोर्सले पहिलोपटक संयुक्त यद्धाभ्यास गरेको छ ।

अभ्यासमा फाइटर जेटदेखि लेकर भीष्म युद्धक ट्याङ्कीसम्मको प्रदर्शन गरिएको थियो । संयुक्त युद्धाभ्यास लद्दाखमा चीनसँग सीमा जोडिएको स्थाननजिकै गरिएको हो ।

यो युद्धाभ्यास चीनविरुद्ध कुनैपनि एक्सनमा सेनाको तयारीको लागि गरिएको हो । पूर्वी लद्दाखको संवेदनशील क्षेत्रमा युद्धाभ्यास गरेको यो नै पहिलोपटक हो । भारतले यो युद्धाभ्यास चीन र भारतका सैनिकको धक्काधक्की पछि गरेको हो तर यो पूर्वनिर्धारित कार्यक्रम थियो ।