३ मंसिर, काठमाडौं ।

आपुर्ति मन्त्री गणेशमान पुनले चीनबाट आयात हुने इन्धन भारतबाट आइरहेको भन्दा खासै महंगो नपर्ने जानकारी चिनियाँ अधिकारीहरुले जानकारी दिएको बताएका छन् ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले यस्तो जानकारी दिएका छन् ।

अनौपचारिक कुराकानीमा अधिकारीहरु ले अतिरिक्त शुक्ल नलगाइकन अहिलेकै मूल्यकै हाराहारीमा चिनियाँ इन्धन पनि पाइने जानकारी दिएको उनले बताए ।

Ganesh Man pun

चीनबाट चाहिए जति इन्धन ल्याउन सकिने गरी कुरा भएको र त्यसका लागि सम्झौता गर्दा भोलि शुक्रबार नेपालबाट प्रतिनिधी मण्डल चीन जान लागेको जानकारी पनि मन्त्री पुनले दिएका छन् ।

अव नेपाल भित्रिने सम्पूर्ण इन्धनको जानकारीको चुस्त जानकारी जनतालाई जानकारी गराउने गरी साप्ताहिक ब्रिफिङ हुने जानकारी पनि मन्त्री पुनले दिएका छन् ।

आपुर्तीमन्त्रीले भारतसँगको ब्यापार निर्भरता तोडिने जानकारी पनि दिएका छन् ।