३ फागुन, काठमाडौं । चीनमा रहेको नेपाली विद्यार्थीहरुलाई सरकारले आज नेपाल फर्काउँदैछ । नेपाली विद्यार्थीहरुलाई फर्काउनको लागि नेपाल एयरलाइन्सको विमान आज चीनको वुहान सरकार जाँदैछ ।

सरकारले मध्यरातमा उनीहरुलाई नेपाल ल्याउँदैछ । नेपाल फर्कन पाउने भएपछि विद्यार्थीहरु एकदमै उत्साहित भएका छन् । उनीहरुले विमानस्थलमा आउनको लागि बस चढेको तस्बिर राष्ट्रिय समाचार समितिले सार्वजनिक गरेको छ ।

तस्बिरमा नेपाल फर्किन लागेकाहरु एकदमै उत्साहित देखिएका छन् । बसमा एयरपोर्ट आएपछि उनीहरुको स्वास्थ्य परीक्षण गरेर स्वस्थ्यहरुलाई लाई मात्र आज नेपाल फर्काइनेछ ।