२६ फागुन, काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका एक सयभन्दा धेरै देशमा फैलिइसकेको छ । ३५ सय भन्दा धेरै मानिसको यसैको संक्रमणबाट मृत्यु भइसकेको छ । एक लाख भन्दा धेरै व्यक्ति संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा नराम्ररी प्रभावित भएको चीनको हुबेइ प्रान्तको वुहान शहर हो । जहाबाट कोभिड नाइन्टिन अर्थात कोरोना भाइरसको सुरुवात भएको थियो । कोरोनाका कारण चीनमा मात्रै ३ हजार भन्दा धेरैको मृत्यु भएको छ । जसमध्ये अधिकांश मानिस वुहानकै हुन् । कोरोना भाइरसको संक्रमण देखिएदेखि नै योसँग लड्नका लागि महिलाहरु अग्रणी देखिएका छन् । अस्पतालमा काम गर्ने अधिकांश स्वास्थ्यकर्मी र कर्मचारीहरु महिला छन् । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाबाट लिइएका केही तस्वीर ।