एजेन्सी।

बच्चैदेखि कम्प्यूटर गेम खेल्दै आउनुभएकाहरूले एक कम्प्यूटर गेम ‘द लेजेण्ड अफ मिर’ (The Legend of Mir) को नाम त पक्कै सुन्नुभएकै होला। गेम नखेल्नेहरूको लागि यो नाम त्यति चासोको विषय नबन्ला, तर यो नामले चीनमा १५ वर्षदेखि चर्चा पाउँदै आइरहेको छ।this mobile game earns 100 million dollar per month in china 22887716

सन् २००१ मा रिलिज भएको कोरियन MMORPG गेमको मोबाइल भर्जन ‘द लेजेण्ड अफ मिर २’ले चीनमा प्रति महिना ९२ मिलियन देखि १०७ मिलियन डलर सम्म कमाइ गर्दै आइरहेको छ। शान्दा गेम्सको प्रस्तुतिमा निर्माण भएको यस गेमको ग्राफिक्स पुरानै जमानासँग मिल्दोजुल्दो भएकोले प्रयोगकर्ताहरूले यसलाई बढि रुचाएको गेम निर्माणकर्ता बताउँछन्। साथै यो गेमले प्रत्येक महिना नयाँ अपडेटहरू पनि थप्ने गर्छ, ताकि गेमप्रेमीहरूले भरपूर मज्जा उठाउन सकून्।this mobile game earns 100 million dollar per month in china 33441116

यो पनि हेर्नुहोस्-
फेसबुक म्यासेन्जरमा ‘बास्केटबल’ गेम खेल्न चाहनुहुन्छ? त्यसो भए यसो गर्नुहोस्…
विन्डोजको गेमको उद्धेश्य सोचेभन्दा फरक
भिडियो गेम खेलेपछी ८ वर्षको बच्चाले गरे एक महिलामाथी गोली प्रहार