१४ असार, एजेन्सी ।

परमाणु आपुर्तीकर्ता देशको समूह न्यूक्लियर सप्लायर्स ग्रुप (एनएसजी) मा भारतको प्रवेशमा चीनले समर्थन नगरेपछि २ देशबीच वाक युद्ध शुरु भएको छ ।

चीनको नेतृत्वसँग ग्रेटर नेपालले भन्यो- भारतले नेपाली सीमा मिच्यो

चिनियाँ पक्षले अमेरिकाको साथ लिएर दादागिरी गर्न खोजेको भन्दै भारतप्रति तिव्र असन्तुष्टि जनाएको छ । चीनको सरकारी सञ्चार माध्यमले भारतले अमेरिकाको साथ पाउँदैमा विश्वकै साथ पाएको नसम्झिन चेतावनी दिएको छ ।

china india rivalry

चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सले चीनले समर्थन नगरेको विषयमा गरिएको प्रचारबाजीप्रति गम्भिर आपत्ति जनाएको हो । न्यूक्लियर सप्लायर्स ग्रुप (एनएसजी) को गत हप्ता दक्षिण कोरियामा बैठक भएको थियो । उक्त बैठकमा भारतले आफूले पनि उक्त समूहमा सदस्यता पाउनु पर्ने जिकिर गर्दै आएको थियो ।

चीन सहित ६ देशले भने -भारतीय प्रस्ताव मान्य छैन

चीनले भारतलाई सदस्यता दिने विषयमा चीन सहित १० देशको विरोध रहेको स्मरण गराउँदै अमेरिकाको समर्थन पाएकै भरमा विश्वकै समर्थन पाएको जस्तो गरी प्रचार नगर्न चेतावनी पनि दिएको छ ।

चीनसँग भएको एउटा मिसाइल जुन देखेर विश्व तर्सिन्छ

ग्लोबल टाइम्सले भारतसँग विश्व शक्ति बन्ने रहर भएपनि यस्तो शक्ति बन्ने ब्यवहार भने नदेखिएको टिप्पणी पनि गरेको छ । भारत सरकारको ब्यवहार ठिकै देखिएपनि भारतका राष्ट्रवादीहरुको ब्यवहार भने सुध्रिनु आवश्यक रहेको समेत ग्लोबल टाइम्सको भनाइ छ ।

एनएसजीमा प्रवेश पाउने भारतीय प्रयासमा चीन तगारो बन्ने देखिएपछि भारतले यस अघि रुससँग सहयोग मागेको थियो । चीनले परमाणु हतियार आपुर्तिकर्ता समूह (NSG) को सदस्यता लिनु अघी भारतले परमाणु अप्रसार सन्धि (NPT) मा हस्ताक्षर गर्नु पर्ने राखेको छ।

उता अमेरिकाले भने भारतलाई मिसाइल टेक्नोलोजी कन्ट्रोल रिजिम (MTCR) को सदस्य बनाउन अमेरिका सहमत छ । चीन पनि यो समूहमा सदस्यता छैन ।