२० मंसिर, एजेन्सी । चीनसँग विश्वको सबैभन्दा ठूलो सैन्यशक्ति भएको र यसलाई लगातार बढाइरहेको अमेरिकी रक्षा विभागको भनाइ छ । बिहीबार अमेरिकाको पेन्टागनमा भएको एक कार्यक्रममा अमेरिकाले २० वर्षमा चीनले रक्षा बजेट १ लाख ४२ हजार करोडबाट बढाएर १२ लाख करोड पुर्याएको दाबी गरेको छ ।

दक्षिण चीनसागर र अफ्रिकामा उनको सैन्य गतिविधि जारी रहेको त्यो एकदमै उत्तेजक भएको अमेरिकाको भनाइ छ । २०१७ मा चीनको जिबूतीमा आफ्नो पहिलो विदेशी आधार बनएका थिए । अमेरिकी रक्षा मन्त्रालयका सचिव जोन सी रुडले सीनेटको सशस्त्र सेवा समितिमा चीनले आफ्नो बजेटको ठूलो हिस्सा विशेष अन्तरिक्ष, साइबर, इलेक्ट्रोनिक वारफेयर, समुन्द्री युद्ध, फाइटर एयरक्राफ्ट, लामो दुरीमा मार हान्न सक्ने मिसाइलमा खर्च गरिरहेको बताएका हुन् । उनले चीनके आफ्नो रणनीतिक विकासको लागि आफ्नो साइबर क्षमता बढाइरहेको उल्लेख गरेका छन् ।

रुडका अनुसार चीनको थलसेनामा १० लाखभन्दा बढी सैनिक, ३ सय नौसैनिक र २ सय ५० तटरक्षक जहाज छ । चिनियाँ सेनासँग ब्यालेस्टिक मिसाइलको साथमा ७ सय ५० देखि १५ सय सर्ट रेन्ज, १ सय ५० देखि ४ सय ५० मिडियम रेञ्ज र ८० देखि १ सय ६० इन्टर मिडिएट रेञ्जको हतियार भएको अमेरिकी दाबी छ ।

चीनले लगातार आफ्नो परमाणु क्षमताहरुको विकास गरिरहेको रुडले बताए । पिपुल्स लिबरेसन आर्मी (पीएलए)को नौसेनाले एसएसबीएन श्रेणीको पडनुब्बियोँको संख्या चारबाट बढाएर ६ पु¥याएको अमेरिकी विदेश सचिव बताउछन् । चीनको परमाणु हतियारबाट यी लडाकु विमानहरुमा अमेरिकासम्म पुग्न सकिनेछ । अहिले चीन परमाणु हतियारको साथमा आफ्नो सेनाको ताकत बढाउन लागिरहेको छ । समितिको बैठकमा सीनेट सशस्त्र सेवा समितिका अध्यक्ष सिनेटर जिम इन्होफले चीनले सैन्य खर्च बढाइरहेको बेला ओबामा प्रशासनको समय यसको रक्षा विनियोजनलाई २५ प्रतिशत कम गरिएको सम्झना गरेका छन् ।