७ मंसिर,रसुवा । यही मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि रसुवागढी नाका बन्द गरिएको छ ।

निर्वाचन सुरक्षाका सम्बन्धमा केरुङका अधिकारीसँग कुराकानी भई आजराति १२ बजेबाट ७२ घण्टाका लागि नाका पूर्णरुपमा बन्द गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी चोमन्द्र न्यौपानेले जानकारी दिए ।

बन्दका क्रममा दुवैतर्फबाट सवारी साधान र पैदलयात्रुसमेतलाई आवतजावतमा रोक लगाइएको उनले बताए। रासस