१ भदौ, एजेन्सी ।

चीनसँगको सीमा सुरक्षा बढाउन भन्दै भारतले सैन्य तैनाथीको ‘चाइना वाल’ बनाउन शुरु गरेको छ । चीनबाट खतरा बढिरहेको भन्दै भारतले सैन्य तैनाथी मात्र नभएर लडाकु विमानको संख्या समेत बढाएको छ ।

चिनियाँ प्रधानमन्त्रीलाई महराले दिए नेपाल भ्रमणको निम्तोः यस्तो जवाफ

भारतले चीनसँगको सुरक्षा खतरा कम गर्न अण्डमान-निकोबारमा सुखोई-30एमकेआई फाइटर जेट सहित अन्य शक्तिशाली हतियार तैनाथ गरेको छ ।

indian china border

टाइम्स अफ इण्डियाका अनुसार भारतले पुर्वोत्तरमा खोजी ड्रोन र मिसाइल पनि तैनाथ गरेको छ । चीनको सीमा क्षेत्र लद्दाखमा ट्याङ्क पनि तैनाथ गरेको छ भने सैनिक जवानको सैख्या बढाएको छ ।

प्रचण्डको युनिक घोषणाः लोकप्रिय हुन सक्छन्

त्यसैगरी भारतले अरुणाचल प्रदेशको पश्चिमी सियाङमा एडभान्स ल्यान्डिङ ग्राउण्डा (एएलजी) पनि सक्रिय पारेको छ । यसको मद्दतले इलाकामा एयरक्राफ्ट र हेलिकोप्टरको आगावन सहज हुनेछ । यो अरुणाचलमा पाँचौं एएलजी हो ।

सेनालाई चिनियाँ राष्ट्रपतिको आदेश- युद्ध जित्न तयार होउ !

भाारतले अण्डमान-निकोबारमा नियमित सुखोई-130एमकेआई र सी130 सुपर हर्क्युलस एयरक्राफ्टको तैनाथी पनि शुरु गरेको छ । त्यसैगरी एन्टी सबमरिन पोसेडियन-81 को मद्दतले हिन्द महासागरमा चीनियाँ रणनीतिक गतिविधी नियाल्नै भारतको तयारी छ ।

भारत र अमेरिकासँग झुकेन चीनः बरु युद्धका लागि तयार !

केही समय अघि मात्र चीनियाँ राष्ट्रपति शी जिनपिङले आफ्नो देशको सेनालाई युद्ध जित्नका लागि तयार रहन आदेश दिएका थिए । युद्ध जित्नका लागि सेना तयारी अवस्थामा रहनु पर्ने र थप मजबुद हुनु पर्ने उनको भनाइ थियो ।

china-army

चिनियाँ पिपिल्स लिवरेसन आर्मी पिएलए संसारकै सबैभन्दा ठूलो सेना मानिन्छ । चिनिायँ सेनामा २३ लाख जवान रहेको विश्वास गरिन्छ । चीन संसारको एक मात्र यस्तो देश हो जहाँ सेना पूर्णरुपमा सत्तारुढ दलको नियन्त्रणमा रहन्छ ।

दक्षिणी चीन सागरमा बढिरहेको तनावप्रति लक्षित गर्दै चिनियाँ राष्ट्रपतिले यस्तो आदेश दिएको अनुमान गरिएको छ । चीन साउथ चाइना सीमा भारत, अमेरिका लगायतका देशले अनावश्यक चासो राखेको भन्दै क्रुद्ध छ ।

Chinese Army Training (3)

चीनले आफूलाई चारैतिरबाट घेरिरहेको आरोप भारतले लगाउने गरेको छ । सन् १९६२ को युद्धमा कश्मिरको अक्साइ चीनमाथि कब्जा जमाएको थियो । आरुणाचल प्रदेशमा चीन र भारत दुवैले दावी गर्दै आएका छन् ।