२५ कात्तिक, एजेन्सी ।

अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका तर्फबाट अग्रता लिइरहेका उम्मेदवार डोनाल्ड ट्रम्पले चीनलाई विश्वकै एक नम्बर नीतिगतरुपमा चुसाहा देश रहेको आरोप लगाएका छन् ।

अमेरिकी नीतिको फाइदा उठाउँदै चीनले अमेरिकालाई लुटिरहेको उनको आरोप छ । चीन आर्थिकरुपमा र सैन्यरुपमा पनि ससक्त रहेको तर उसले अहिले समस्या पैदा गरेको आरोप लगाएका छन् ।

Donald Trump

चीन अमेरिकाको सबैभन्दा बढी दुरुपयोगकर्ता रहेको आरोप लगाउँदै चीनले मुद्रा नियन्त्रण देखि हरेक विषयमा अमेरिकासँग फाइदा लिइरहेको आरोप लगाएका छन् ।

अमेरिकाले चीनसँग ब्यापार देखि अन्य सबै कुरामा हारिरहेको समेत ट्रम्पको भनाइ छ । बराक ओबामा र हिलारी क्लिन्टन दुवै अमेरिकाले नेतृत्व गर्नु पर्छ भन्ने पक्षमा नरहेको आरोप समेत उनले लगाएका छन् ।