गोकुल बानियाँ
पोखरा २२ साउन । एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा–माओबादी सहित ३३ दलिय मोर्चाले अघि सारेको सरकार परिबर्तन र निर्बाचनको मिति सार्ने माग कुनैपनि हालतमा पुरा गर्न नसकिने बताएका छन् ।
निर्बाचन प्रक्रिया निकै अघि बढिसकेकाले अब निर्बाचनको मिति सार्न नसकिने उनले बताए । क्रािन्तकारी पत्रकार संघ कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्बाचन प्रयोजनकै लागि बनेको सरकार पनि परिबर्तन नहुने जिकिर गरेका छन् ।
‘चुनावका लागि आवश्यक सम्पुर्ण प्रकृयाहरु अगाडी बढिसकेका छन् ।’ अध्यक्ष दाहालले भने–‘सम्पुर्ण दल र अन्तराष्ट्रिय शक्तिहरुले चाहेको पनि यहि हो, त्यसैले कसैले भन्दैमा चुनाव रोकिन्न ।’ उपेन्द्र यादव पक्षधर मधेशी दल र वैद्य पक्षिय माओबादीले विभिन्न माग राख्दै चुनावका लागि बखेडा झिकेपनि केहि दिनमै सबै कुरा वार्ताबाट निश्कर्षमा पु¥याउने उनले बताए ।

‘अहिले हामी वार्ताको चरणमा छौँ, उपेन्द्रजीहरुसंग लगभग कुरा मिलिसकेको छ ।’ प्रचण्डले भने–‘तर वैद्यजीहरुले भने अलिक गम्भिर खालका मागहरु अगाडी सारिरहनुभएको छ ।’ वैद्य पक्षियसंग पनि एक हप्ताका अवधीमा छिनोफानो हुने उनले बताए । ‘अब एक दुई दिनलाई मात्रै हो भने चुनावको मिति सार्नु हाम्रो लागि ठुलो कुरा होईन ।’ उनले भने–‘तर उहाँहरु त्यतिले मात्र मान्नुहोला जस्तो मलाई लाग्दैन ।’ उनले कुनै पनि हालतमा मंसिर ४ मा चुनाव हुने कुरालाई भने दोहो¥याए ।