एजेन्सी । भारतमा विभिन्न चरणमा सम्पन्न चुनावको नतिजा सार्वजनिक हुन मात्रै एक दिन बाँकी छ । चुनाव आयोगले मे २३ तारिखमा चुनावको नतिजा घोषणा गर्ने बताएको छ । मतपरिणाम सार्वजनिक हुनै लाग्दा काँग्रेस अध्यक्ष राहुल गान्धीले मत सर्वेक्षणको झुटो प्रचारको पछि नलाग्न आफ्ना शुभचिन्तकलाई सुझाव दिएका छन् ।

अबको २४ घण्टा महत्वपूर्ण छ, सर्तक र चनाखो रहने हो, डराउनुपर्दैन, ट्वीट गर्दै उनले भनेका छन् तपाइ सत्यका लागि लड्दै हुनुहुन्छ, झुटो मत सर्वेक्षणको दुस्प्रचारबाट निराश नहुनुस् काँग्रेस र आफू माथि भरोसा राख्नुस् । तपाइको मिहनेत खेल जाँदैन ।

चुनाव सकिएलगत्तै सार्वजनिक मत सर्वेक्षणले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले बहुमत ल्याउने बताएपछि प्रतिपक्षी काँग्रेसले त्यसलाई भ्रम फैलाउन खोजिएको भन्दै विरोध गर्दै आएको छ ।