४ बैशाख, काठमाडौं । सरकारले बैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचनमा झापाको दमकका लागि उपप्रमुख पदमा सासु र बुहारी उम्मेदवारको आकांक्षी देखिएका छन् ।

कांग्रेस र एमालेका तर्फबाट सासूबुहारी उम्मेदवारको आकांक्षी देखिएका छन् । एमालेकी सुमित्रा प्रसाईँ र कांग्रेसकी रेगिना भट्टराई प्रसाईँ सासूबुहारी हुनुहुन्छ ।

तर नाता सम्बन्ध आफ्नो ठाउँमा रहेको र राजनैतिक आस्था आफ्नो ठाउँमा रहेको बुहारी रेगिना बताउनुहुन्छ । आजको अन्नपूर्णपोष्ट दैनिकमा खवर छ ।