१७ भदौ, डोल्पा । उपल्लो डोल्पामा चौरभरी नुन फलेको छ । यद्यपि यो फलेको नुन भने होइन । चौरभरी आयोडिनयुक्त नुनको पोका भेटिन्छ । यो नुन सर्वसाधारणका लागि खान भनेर ल्याइएको नुन हो ।

उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाकाको खुला चौरमा फोहोर सरह सयौँ क्विन्टल आयोडिन नुन फालिएको छ । ठेकेदारले ढुवानी गरेर केरुङ् नाकासम्म ल्याएको नुन घरसम्म पु¥याउन भएको छ । त्यहि समस्याका बीच स्थानीयले भर्पाइ गरेर थोरैमात्रै लैजाने र बाँकी सबै त्यतै फाल्ने गर्दछन् ।