१३ चैत, ललितपुर । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लामा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ दङगिशरण गाउँपालिका–३ घर भईहाल ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरी रहेका छन् । उनीहरुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

rape
rape-file photo

उनीहरुले किशोरीलाई शनिबार साँझ महालक्ष्मी नगरपालिका–९ लामाटारचोकस्थित खाली जग्गामा जबरजस्ती करणी गरेको महानगरीय प्रहरी प्रभाग लुभुले जनाएको छ ।

किशोरीलाई स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।