१० पुस, काठमाडौं । फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालहरुले गर्दा आजकल मानिसहरु एकदमै सजिलैसँगै एकअर्कासँग कुरा गर्छन् । तर च्याटको समयमा टेक्समा लुकेको फिलिङ्ग्सलाई बुझ्न भने केही कठिन हुनसक्छ । मानिसहरु म्यासेज देखेर पनि अरुको मनको फिलिङ्ग्स बुझ्न सकिरहेका हुँदैनन् । यहाँ हामी च्याटमा लुकेको फिलिङ्ग्सलाई कसरी थाहा पाउने भन्नेबारेमा चर्चा गर्नेछौँ ।

– यदि कुनै पनि केटीले तपाईंलाई च्याटामा तपाईंको ‘निक नेम’ प्रयोग गर्दै बोलाउँछिन् भने उसले तपाईंलाई मन पराएको बुझ्नुपर्छ ।

– औपचारिक कुराकानी होस् वा अरु आफन्तसँगको कुराकानी, च्याटमा आफ्नो फिलिङ्ग्स व्यक्त गर्नको लागि मानिसहरुले प्रायजसो इमोजीको प्रयोग गरिरहेका हुन्छन् । तर क्रससँग कुरा गरिरहेको अवस्थामा किस वा मुटुको इमोजी एकदमै धेरै प्रयोग गर्छन् ।

– यस्ता मानिसहरुले हालखबर सोध्नुको साथै दिनभरीको योजनाको बारेमा पनि सोध्नेगर्छन् । भेटघाटको लागि वा डेटिङको लागि विभिन्न बहाना गरिरहेका हुन्छन् । यस्ता संकेतहरुलाई तपाईं आफैँले बुझ्नुपर्छ ।

– आफ्नो सामाजिक सञ्जालको प्रोफाइल फोटो कहिले परिवर्नत गर्नुभयो ? स्टाटस के राख्नुभयो ? यस्ता कुराहरुको बारेमा क्रसले एकदमै चासो दिइरहेको हुन्छ । यतिमात्र होइन, तपाईंको नयाँ प्रोफाइल र स्टासमा पनि कमेन्ट गर्न थाल्छन् ।

– यदि क्रसले तपाईंलाई मनपराउँछ भने उसले तपाईंलाई आफ्नो वाल्यकालको तस्बिरहरु पनि सेयर गर्छन् । यस्ता तस्बिरहरु मान्छेले त्यस्ता मानिसहरुसँग सेयर गर्छन्, जसलाई आफ्नो जीन्दगीको हिस्सा बनाउन चाहन्छन् ।