३१ भदाै, चितवन । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युइएफए च्याम्पियनसीप लिग फुछबलको शुरुवात आजदेखि हुँदैछ । यो विश्वकै सबैभन्दा ठूलो फुटबल लिग पनि हो । ६४ वर्षको इतिहास बोकेको यो पुरानो प्रतियोतिामा ३२ टोली सहभागी छन् ।

च्याम्पियन बन्ने टिमले ६ सय ३२ करोड डलर पुरस्कार प्राप्त गर्नेछ । यो विश्वकप फुटबल बिजेता फ्रान्सले पाएको भन्दा १ सय ४३ प्रतिशत धेरै हो । फ्रान्सले गत वर्ष फाइनल जित्दा २ सय ६० करोड रुपैयाँ पुरस्कार पाएको थियो । अहिलेसम्म च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लबले १८ पटक उपाधि जितेका छन् ।

स्पेनिस क्लबले ११ पटक फाइनलमा पुगेर पनि उपाधि भित्र्याउन असफल भएका छन् । दोस्रो स्थानमा इङ्ल्याण्ड छ । उसका क्लबले १३ पटक च्याम्पियन बन्ने मौका पाएको छ । ९ पटक उसले पनि फाइनल पुगेर रित्तै फर्कनुपर्ने बाध्यता छ । प्रतियोगिताका अलटाइम टप स्कोरर क्रिस्टियानो रोनाल्डोले कूल १ सय ६२ म्याचमा १ सय २६ गोल गरेका छन् । यसमध्ये १ सय ५ गोल रियल मड्रिडका लागि गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आज क्लब ब्रग र गालाटासारे, ओलम्पियकोष र टोटनह्याम हट्स्पर, नापोली र लिभरपुल, साल्जवर्ग र जेन्क, बोरुसिया डर्टमुन्ड र बार्सिलोनाबीच प्रतिष्पर्धा हुनेछ ।