२८ भदौ, काठमाडौं । दुई वर्षअघिको दशैँमा प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ युट्युबमा आउने पक्का भएको छ । दर्शकहरुको लामो समयको मागलाई सम्बोधन गर्दै चलचित्रको टीमले चलचित्रलाई दशैँको समयमा युट्युबमा सार्वजनिक गर्ने भएको छ ।

चलचित्रका निर्माता दीपकराज गिरीले शनिबार फेसबुकमार्फत चलचित्रलाई हाइलाइट्स नेपालले दशैँमा सार्वजकिन गर्ने जानकारी गराएको बताएका हुन् । यद्यपि दशैँको कुन दिन सार्वजनिक गर्ने भन्नेबारेमा भने न त हाइलाइट्स नेपाल नै बोलेको छ न त चलचित्र निर्माण टीम नै ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रमा उच्च शिक्षाको लागि विदेश पढ्न जान चाहने विद्यार्थी र त्यस वरपरको कथालाई समेटिएको छ । चलचित्रमा दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतको अभिनय छ ।