के फ्याट अर्थात चिल्लो पदार्थ शरिरको लागि नराम्रो हो? मुटुको लागि साह्रै स्वस्थकर होइन तर छालाको लागि राम्रो। फ्याटमा मोनोस्याचुरेटेड फ्याटी एसिड र ओलेइक एसिड हुन्छ, जसले छालाको सुख्खापन घटाउँछ अनि कोषहरुलाई चिल्लो राख्छ। त्यसैले यदि छाला राम्रो चाहनुहुन्छ भने केहि चिल्ला खानेकुरा खान जरुरी हुन्छ। तर के खाने? यी हुन् ५ त्यस्ता खानेकुरा जसले तपाईको अनुहारको छाला स्वस्छ र सफा राख्छ।

माछा

ओमेगा-३ फ्याटी एसिड प्रचुर मात्रामा पाइने भएकाले माछा छालाको लागि अति उत्तम मानिन्छ। यो एसिडले छाला बुढो हुने गति पनि कम गर्छ। साथै छालामा ओस काम राख्दछ। मासुले शरिमा जलन गर्छ तर माछामा पाइने ओमेगा-३ एसिडले ठ्याक्कै उल्टो, अर्थात शरिरमा जलन घटाउँछ, जसले छालामा आउने डण्डिफोन लगायतका दुख्ने डल्ला वा पिड्का कम गर्छ।

एभोकाडो

एभोकाडो खान मनपराउँनु हुन्छ भने तपाइको अनुहारको छाला अन्यको भन्दा स्वस्थ देखिन्छ। खानुहुन्न भने, अब खाने गर्नुस्।

यसमा पाइने फ्याटी एसिडले छाला नरम र चम्किलो बनाउँछ।

यसमा हुने भिटामिन इ ले छालामा कोलेगनको मात्रा बढाउँछ। कोलेगन छालाको गुणस्तर कायम राख्ने प्रोटिन हो। साथै यसमा पाइने एन्टिअक्सिडेन्टले शरिरबाट विषालु पदार्थ बाहिर निकाल्छ र यसको सकारात्मक असर छालामा देखिन्छ।

ओखर

ओखरमा ओमेगा-३ र मोनोस्याचुरेटेन फ्याट पाइन्छ जसले शरिरको जलन, डण्डिफोर घटाउँछ र शरिरमा पानीको अड्याउन मद्धत गर्छ। सुर्यको प्रकाशले छालामा पुर्याउने क्षति न्युनिकरण गर्न यसमा पाइने एन्टिअक्सिडेन्टले मद्धत गर्छु। बदाम संगै ओखर खाने बानी गर्नुस्, छालामा चमक पाउनुहुनेछ।

जैतुन (ओलिभ)

सुन्दरता कायम राख्न जैतुन निकै चर्चित छ। जैतुनको तेलमा इाने मोनोस्याचुरेटेन फ्याटी एसिड, भिटामिन ए र इ ले छालाको गुणस्तर कायम राख्छ, मर्न लागेका कोषहरुलाई मर्मत गर्छ। जैतुनको तेलको सेवनले छालामा चमक ल्याउँछ, सूर्यको अल्ट्राभ्वाएलेट विकिरणबाट छालालाई बचाउँछ।

नरिवलको तेल

सफा छालाको लागि सबैभन्दा उत्तम हुन्छ नरिवल तेल। यसको एन्टीम्याक्रोबायल र एन्टीफङ्गल गुणले छालालाई अझै मुलायम बनाउँछ। अनुहारको मेकअप सफा गर्न पनि यो तेलको उपयोग गर्न सकिन्छ।