यो २०१५ वर्ष बलिउड दर्शकहरुको लागि निकै मनोरञ्जनात्मक साबित भएको छ। यस वर्ष बलिउडले ‘तनु वेड्स मनु’, ‘ए बि सि डि २’ जस्ता सफल चलचित्र रिलिज गरेर दर्शकको मन जितेको छ। अझ भर्खरै रिलिज भएको बाहुबलीले त पुराना सबै रेकर्ड नै तोडिदियो।

२०१५मा अहिलेसम्म रिलिज भएका चलचित्रहरु तपाईँलाई मनपरेको छ भने हेर्नुहोस यि रिलिज हुन लागेका १० चलचित्रहरु जसले तपाईँको मन उत्साहले भरिदिने छ। यी चलचित्र यो वर्ष रिलिज हुनेछन्।

१. बजरङ्गी भाइजान

सलमान खानको यस साल रिलिज हुन लागेको पहिलो चलचित्र हो ‘बजरङ्गी भाइजान’। सलमान खान भने पछि हुरक्कै हुने दर्शकहरु सो चलचित्र हेर्न निकै ऊत्सुक रहेका छन्। यो चलचित्र १७ जुलाई अर्थात २ दिन पछि शुक्रबारको दिन रिलिज हुने छ।

bajrangi bhaijaan

ईदमा रिलिज हुने ‘बजरङ्गी भाइजान’ एक लाटी पाकिस्तानी बालिकाको कथा हो जो भारतमा हराएकी हुन्छे। सलमान खान एक भारतिय नागरिकको भुमिका खेलेका छन् जसले उक्त बालिकालाई घर पुर्याएर परिवारसँग फेरि भेटाउने प्रतिज्ञा लिएका हुन्छन्।
यस चलचित्रमा ‘करिना कपुर खान’, ‘नवजुदिन सिद्दिकी’ र ‘हरशाली मल्होत्रा’ जस्ता नायक र नायिका पनि छन्।

२. मसान

‘निरज घेवान’को निर्देशनमा बनेको यो चलचित्रमा ‘रिचा चड्डा’ र ‘विकी कैशल’को मुख्य भुमिका रहेको छ। चलचित्रको कथानक वस्तु यि नायक र नायिकाले भुमिका गरेको पात्रको छुट्टाछुट्टै कथामा आधारित छ जुन पछि गएर एउटै कथामा जोडिने छ।

masaanबनारसमा रहेको पहिलो कथा देवी(रिचा चड्डा)को बारेमा हो। उनलाई प्रहरीहरुले अनैतिक क्रिया गरेको आरोपमा ब्ल्याकमेल गरिरहेका हुन्छन्। दोस्रो कथा दिपक(‘विकी कैशल’)को बारेमा हो। यस कथामा उनीले एक उच्च हैसियतको केटीसँग प्रेम गरेका हुन्छन् र यो प्रेमले घरेलु र समाजिक झग्डा निम्त्याउछ। यो चलचित्र जुलाई २४ मा रिलिज हुनेछ।

३. ब्याङ्गिस्तान

bangistaan‘फह्रान अख्तर’ र ‘रितेश सिध्वानी’ले बनाएको चलचित्र ब्याङ्गिस्तानमा ‘रितेश देश्मुख’, ‘पुल्कित सम्राट’ र ‘चन्दन रोई’को मुख्य भुमिका रहनेछ। २ आतङ्कवादीहरुको संसार परिवर्तन गर्ने योजनामा यस चलचित्रको कथानक वस्तु आधारित छ। यस कथामा ‘ज्यक्विलिन फर्नान्डेज’ पनि सानो भुमिकामा देखा पर्ने छन्। यो चलचित्र जुलाई ३१ मा रिलिज हुनेछ।

४. द्रिश्याम

drishyam‘निशिकान्त शर्मा’को निर्देशनमा बेनको चलचित्र ‘द्रिश्याम’मा अजय देवगन, श्रीया सारन र तब्बुको मुख्य भुमिका रहनेछ। मलायालाम भाषामा रहेको ‘द्रिश्याम’ चलचित्रको यो हिन्दी रिमेक हो। जुन ४ मा रिलिज भएको यस चलचित्रको ट्रेलरमा तब्बु प्रहरीको पोषाकमा देखिएकी छिन्। यो चलचित्र पनि जुलाई ३१मा रिलिज हुनेछ।

५. क्यालेन्डर गर्ल्स

calender girls‘मधुर भन्दरकार’ले बनाएको चलचित्र क्यालेन्डर गर्ल्स मोडलहरुको कथामा आधारित हुनेछ। पर्दा अगाडि देखिने आकर्षक मोडलहरुको पर्दा पछाडिको वास्तविक जिवनलाई यस चलचित्रले प्रस्तुत गर्नेछ। ‘काइरा दत्त’, ‘आकान्ङसा पुरी’, ‘अभानी मोदी’, ‘सतरुपा पाइन’ र ‘रुहि सिहं’ले यस चलचित्रमा ५ मोडलहरुको भुमिका खेल्नेछन्।

६. ब्रदर्स

brothers

‘अक्शय कुमार’, ‘सिदार्थ मल्होत्रा’ र ‘ज्याकी श्रफ’को मुख्य भुमिका रहेको यो चलचित्र २०११को हलिवुड चलचित्र ‘वारियर’को कथामा आधारित हुनेछ। करन जोहरले बनाएको यो चलचित्रमा भारतिय मार्षियल आर्ट्स एक्सन हुनेछ। ‘ज्यक्विलिन फर्नान्डेज’ यस चलचित्रको मुख्य महिला पात्रको रुप मा देखा पर्नेछन्।

७. अल ईज वेल

alliswell‘उमेश शुक्ला’को निर्देशनमा रहेको यस चलचित्रमा ‘अभिसेक बच्चन’, ‘रिशी कपुर’, ‘आसीन’ र ‘सुप्रिया पाठक’को मुख्य भूमिका रहनेछ। ‘शुक्ला’को यस अघिको चलचित्र ‘ओ माई गड’ जस्तै यो चलचित्र पनि सामाजिक कुराहरुमा आधारित हुनेछ। यस चलचित्रको रिलिज अगस्ट २१ मा हुनेछ।

८. फ्यान्टम

phantom‘सजिद नादियादवाला’ले बनाएको र ‘कबिर खान’ले निर्देशन गरेको यो चलचित्रको कथा भारतिय आतङ्कवाद बिरोधको बारेमा हुनेछ। यस चलचित्रमा कट्रिना कैफ र सैफ अलि खानको मुख्य भुमिका रहनेछ। २६ नभेम्बर २००८को दिन मुम्बईमा भएको आतङ्कवादी हमला पछिको कथामा यो चलचित्रको कथानक वस्तु आधारित हुनेछ। यस चलचित्रको रिलिज अगस्ट २८मा हुनेछ।

९. कटि बत्ति

kati batti‘निखिल अद्वानी’को निर्देशनमा बनेको यो चलचित्र असलमा प्रेम बिरोधी, कमेडी चलचित्र भनिएको छ। यस चलचित्रमा ‘ईमरान खान’ र ‘कङ्गना रनैत’को मुख्य भुमिका रहेको छ। जुन १४ मा रिलिज भएको यसको ट्रेलरलाई दर्शकहरुले मनपराएका छन्। यस चलचित्रको रिलिज सेप्टेम्बर १८मा हुनेछ।

१०. शानदार

shaandaar‘विकास वाह्ल’को निर्देशनमा रहेको यस रोम्यान्टिक कमेडी चलचित्रमा ‘शहिद कपुर’ र ‘आलिया भट्ट’को मुख्य भुमिका हुनेछ। यस चलचित्रमा ‘पङ्कज कपुर’ र ‘सन्जय कपुर’को पनि सानो भुमिकाहरु रहनेछ। यो चलचित्र अक्टोबर २२मा रिलिज हुनेछ।

यो पनि पढ्नुहोस्।
बलिउडका दुर्लभ तस्बिर – फोटो फिचर
रणवीरकी दुई पत्नीः जेेठी प्रियंका कान्छी दिपिका
बाहुबलीले २४ घण्टामै कमायो ५० करोड..
भारतको सबैभन्दा महंगो चलचित्र ‘बाहुबली’
आफ्नो फिल्मको रेकर्ड तोडिएपछि सलमानको पहिलो प्रतिक्रिया