१७ मंसिर, एजेन्सी । छोरीसँग छुट्टी मनाउन गएकी एक महिलालाई सामुहिक बलात्कारमा परेकी छन् । उनीमाथि ५ जनाले बलात्कार गरेर बलात्कारको भिडियो बनाई वाट्सएपको ग्रुपमा पनि सेयर गरेका छन् । यो घटना इटलीको चर्चित शहर सोरेन्टोको हो । अदालतमा चलिरहेको सुनुवाईपछि यो घटना बाहिर आएको हो ।

बेलायतको केन्टमा बस्ने ५० वर्षीया महिलमाथि सामुहिक बलात्कारको घटना (उनी त्यो होटलमा बस्ने) छुट्टीको अन्तिम दिन भएको थियो । बलात्कारको आरोपीहरु महिला बसेकै होटलमा काम गर्ने कर्मचारी र पूर्वकर्मचारी भएको अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् । अरोपीहरुले होटलमा महिलालाई पेयपदार्थ लैजाँदा नशालु पदार्थ मिसाएर लगेका थिए ।

पतिको मृत्यु भएको केहीसमय पछि उनी आफ्नी छोरीको साथमा इटाली घुम्न गएकी थिइन् । एक अभियोजकले पाँच आरोपीहरुविरुद्ध ९–९ वर्षको जेल सजाँयको माग गरेका छन् । यस्ता घटनाका आरोपीहरुको सजाय एक उदाहरण हुनेगरी दिनुपर्ने तर्क अभियोजक एन्टोनियो बार्बाले अदालतमा राखेका छन् । डिएनए रिपोर्टले पनि घटनामा आरोपीहरुको संलग्नता रहेको पुष्टि गरिसकेको छ ।

बेलायती महिला इटालीको एकदमै चर्चित रिसोर्ट होटल एलिमुरीमा बसेकी थिइन् । महिलाको फोनमा दुई आरोपीहरुको तस्बिरसमेत भेटिएको थियो । महिलाको मोबाइलमा तस्बिर भएको कारण पनि आरोपीहरुलाई समाउन सजिलो भएको प्रहरीको भनाइ छ । पाँच आरोपीहरुले आफूहरुमाथि लगाइएको आरोप झुटो भएको बताउँदै आएका छन् । घटना बारे अदालतमा अझैपनि सुनुवाई जारी छ ।