२४ फागुन, अमरगढी । डडेल्धुरालयगायत सुदूरपश्चिम प्रदेशका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस वर्ष डडेल्धुरामा छैटौँ पटक हिमपात भएको छ ।

बिहिबारदेखि निरन्तर वर्षासँगै भएको हिमपातका कारण चिसोले सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

>

हिमपातका कारण शनिबार बिहानैदेखि डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग, डोटी, अछाम र बाजुराको जनजीवन प्रभावित बनेको हो ।

शनिबार बिहानदेखि डडेल्धुराको साहु खर्क, हगुल्टे र मेलखर्क बैतडीको खोडपे, डोटीको खप्तड, बझाङ्गको शिरिभाबरमा निरन्तर हिमपात भइरहेको स्थानीयले बताएका छन् । रासस