१७ भदौ, एजेन्सी । मध्यप्रदेशको पूर्व मुख्यमन्त्री दिग्विजय सिंहको एक पत्र आजकल खुब भाइरल भइरहेको छ ।

दिग्विजय सिंहले यो पत्र आफ्नो छोरा जयवद्र्धन सिंहलाई लेखेका हुन्, जो मध्यप्रदेशमा कमलनाथ सरकारको नगरी विकास एवं आवास मन्त्री हुन् । पत्रमा उले छोरासँग भेट्ने समय मागेका छन् ।

पत्रमा लेखिएको छ, ‘जनवरी देखि १५ अगस्ट २०१९ सम्म सरुवासहित विविध विषयसँग सम्बन्धित निवेदन तपाईंलाई पठाएको थिएँ । मैले तपाईंलाई छुट्टै पत्र लेखेर पत्रको बारेमा जानकारी पनि दिएको थिएँ । यदि कुनै कारणले भनेको काम नहुने हो भने जानकारी दिनुहुन पनि अनुरोध गरिएको थियो । साथै योबारेमा जानकारी लिनको लागि म तपाईंसँग ३१ अगस्ट २०१९ मा भेट्न चाहन्छु ।’

उसो त जयवद्र्धनले छोरासँग भेट्न समय मागेका थिएनन् । उनले प्रदेशको मन्त्रीसँग भेट गर्नको लागि निवेदन दिएका हुन् । प्रदेशका हरेकजसो मन्त्रीलाई भेट्नलाई यसरी पत्र लेखेर समय माग्नुपर्छ ।