१५ फागुन, सिरहा । छोरीको विवाहको कुरा गरेर घर फर्कदै गरेका एक नेपालीको भारतमा दुर्घटनमा परि ज्यान गएको छ। दुर्घटनाम परि ज्यान जानेमा विजयकान्त मिश्र रहेका छन्। उनि पेशाले शिक्षक रहेको बताइएको छ।
। आफ्नो छोरीको विहेको कुरा गरेर ३० बी आर ७९४३ भारती नम्बरको हीरो होन्डा स्पेलेंडर मोटरसाईकलमा घर फर्कर्ने क्रममा भारतको मेजरगंजमा ईटा लोड गरेको बी आर ३० बी ४०९१ नम्बरको ट्याक्टर ठक्कर दिएपछि ५४ बर्षीय मिश्रको मृत्यु भएको थियो । भारतीय प्रहरीले बाइक र ट्याक्टर नियन्त्रणमा लिएको छ तर ट्याक्टर चालक भने फरार रहेका छन्।