काठमाडौं, २८ जेठ । ललितपुरमा छोरीमाथि पटक पटक बलात्कार गरेको आरोपमा नेपाल सरकारको उपसचिव तहका एक कर्मचारी पक्राउ परेका छन् ।

प्रहरीले पीडितको परिचय खुल्ने भएकाले उनको नाम गोप्य राखेको छ । बाबु बाट बलात्कृत भएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहीको भाई छ । महोत्तरी घर भएर हाल ललितपुरको धोविघाट बस्दै आएका ४५ वर्षीय ती व्यक्तिले आफ्नी १८ वर्षीया छोरीलाई पटक पटक बलात्कार गर्ने गरेको जाहेरीमा उल्लेख छ ।

सोमबार पक्राउ परेका ती व्यक्तिविरुद्ध जबरजस्ती करणीको कसुर अन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ । उनले विदेशमा बाबु छोरीले यौन सम्पर्क गर्ने गर्छन् भन्ने उदाहरण दिँदै श्रीमती नभएका बेला छोरीलाई बलात्का गर्ने गरेको प्रहरीको भनाई छ ।