बलिउड नायक अजय देवगन र नायिका काजोलकी छोरी न्यासा १६ वर्ष पुगेकी छिन्। आमा काजोलले इस्टाग्राममा छोरीलाई शुभकामना दिदैँ इमोशनल पोस्ट सेयर गरेकी छिन्।

ajaya family 1525020.jpg

काजोलले लेखेकी छिन्, ‘तिम्रो वजन मेरो वाहुमा अझै महसुस गर्छु र लाग्दैन यो कहिल्यै परिवर्तन होला। तिमी जति ठूली भएपनि जानिराख्नु सझै मेरो मुटुको धड्कन बनिरहनेछौ।’

हाल आफ्नो पढाइमा व्यस्त न्यासा सामाजिक सञ्जालमा समय समयमा ट्रोलरहरुको शिकार बन्ने गरेकी छिन्। छोरी प्रति निकै प्रोटेक्टिभ अजयले केही दिन पहिले छोरीको ट्रोल गर्नेलाई बयान समेत लिए।

ajaya family 23914920

न्यासाले लगाएको पहिरनको विषयमा बनेको ट्रोलको जवाफमा अजयले छोरी मात्र १५ वर्षकी भएकी भन्दै, स्टारकिडलाइ दुख नदिन फोटोग्राफरहरुसंग अनुरोध गरेका थिए।

न्यासाले लामो टिसर्ट लगाएकी थिइन, साथै सर्टस् पनि लगाएकी थिइन। लामो टिसर्टको कारण सर्ट्स देखिए। यसैलाई लिएर बच्चीको ट्रोल बनाइयो। अजयले भने, अभिभावक चर्चित हुनुको पिडा बालबच्चाले किन भोग्ने?

अजयलाई छोरीको बचाउमा बोल्ने पर्ने बनाएको यो ट्रोल काण्ड करिब तीन महिना पुरानो हो। प्यान्ट लगाउन बिर्सिएको भन्दै न्यासा माथी गरिएको ट्रोलको विरोधमा थुप्रै आवाज उठेका थिए।

सन् १९९९ मा विवाह बन्धनमा बाँधिएका अजय र कालोजका दुइ सन्तान छन्। छोरी न्यासा र छोरा युग।