२९ साउन, काठमाडौं । सुनसरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका अभियुक्त पक्राउ परेका छन् ।

२०७६ बैशाख ३ गते सुनसरी बस्ने १४ वर्षीया बालिकालाई दुहबी नगरपालिका–९ सप्तरियाटोल जंगलमा लगि बलात्कार गरी फरार रहेका मियाँलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गढी गाउँपालिका–१ मधेली बस्ने २६ वर्षीय कलाम भन्ने कलामदिन मियाँ रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । प्रहरीले मियाँलाई दुहबी नगरपालिका–१ प्रास्टोकीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।