जंगली सुंगुरले खेतबारीमा रजाईँ गर्न थालेपछि किसानहरुको चिन्ता बढ्न थाल्यो। साह्रै नोक्सान बेहोरपछि सुंगुर धपाउन उपाय खोजे। अब किसानले सुंगुर धपाउने सजिलो उपया भेटेका छन्। किसानको साथ दिदै छन् बलिउडका गायक हनी सिंह अनि केही पन्जावी गायक।

yo-yo_honey singh

भारतको उत्तराखण्ड स्थित नैनीतालका किसानहरुले जंगली सुंगुरले दुख दिन थालेपछि खेतमा लाउडस्पिकरबाट चर्का गित बजाउने गरेका छन्। यसरी गित बजाउन थालेपछि जंगली सुंगुरको समस्या कम भएको छ।

केही समय अघि सरकारले नै त्यहाँको सुंगुर मार्ने निर्देशन दिएको थियो। तर त्यसो हुँदा पनि किसानहरुले सुंगुर आतंकबाट पार पाउन सकेनन। अन्तत: गित बजाएर सुंंगुर भगाउने उपाय किसानहरुले नै निकाले।