५ मंसिर, जनकपुर ।

जनकपुर उपमहानगरपालिका ४ स्थित क्याम्पस चौक नजिकैको एक घरमा बम विस्फोट हुँदा एक जना गम्भिर घाइते भएका छन ।

घाइते हुनेमा स्थानीय मिथिला टेक्निकल इन्ष्टिच्यूटमा अध्ययनरत सिरहा रानीगञ्ज १७ का श्रवण यादव रहेका छन ।

शरीरको विभिन्न भागमा वमको छर्रा लागी गम्भिर घाइते भएका यादवलाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ । तर त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकले यादवलाई अन्यत्र लैजान सुझाव दिएका छन ।

नरेश यादवको घरमा केहीदिनदेखि श्रवण बस्दै आएका थिए । नरेशको घरमा कसले र किन राखेको प्रहरीले अनुसन्धान गरिरहेको छ ।