२५ साउन, धनुषा । संविधानसभाको निर्वाचन प्रचारको अभियानमा हिडेका एकीकृत माओवादीका नेताहरुले जनतालाइ पश्न सोध्न थालेका छन–किन भोट दिने ? जनसम्बन्ध अभियानमा जुटेको एकीकृत नेकपा(माओवादी)का नेतालाइ जनताले संविधान बन्ने आधार के छ भन्दै प्रश्न गरेका हुन ।

अभियानमा खटिएका नेतासंग स्थानीय जनताले विकास निर्माणका कुरा देखि राष्ट्रिय समस्याहरुको बारेमा समेत एमाओवादी नेतृत्वसँग जिज्ञासा राख्ने गरेका छन । संविधानसभाबाटै मुलुकलाई निकास दिने विषयमा स्थानीय जनता विश्वस्त भएपनि पहिलो संविधानसभाबाट किन संविधान बन्न सकेन भन्ने विषयमा भने जनताले अलि बढी जिज्ञासा राखेको एमाओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।

मधेसवादी दलले जनतालाई देखाएका आश्वासन पूरानगरेको भन्दै स्थानीय जनता एमाओवादीप्रति आर्कर्षित भएको पोख्रेलले दावी गरेका छन । जनसम्बन्ध अभियान अन्तरगत धनुषाका विभिन्न गाविसका वडाहरुमा सम्पन्न भईसकेको माओवादीले जनाएको छ ।

स्थानीय तहमा जन स्तरबाट आएको सुझावलाई पार्टीले एकदमै सकारात्मक रुपमा लिएर अगाडि बढ्ने पोखरेलले बताएका छन । आगामी भदौ २ गते धनुषाको बर्मझियामा पार्टी अध्यक्ष प्रचण्डको प्रमुख आथित्यतामा रामवृक्ष स्मृति दिवस मनाउन लागिएको माओवादी केन्द्रीय कार्यालयले जारी गरेको बुलेटिनमा उल्लेख छ ।