५ भदौ, काठमाडौं । बिहीबार प्रधानमन्त्री निवासमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्यो । बैठकमा नेकपाका बामदेव गौतमबाहेक सबै सचिवालय नेताहरु बालुवाटार पुगे ।

बालुवाटारको बैठकबाट फर्कँदा अध्यक्षमध्येका एक पुष्पकमल दाहालले आफ्नो पाइन्टको पेटी बाँध्नै विर्सिए । उनको पेटीको एकापट्टीको भाग हावामा भएको क्यामेराले खिच्न भ्याइहाल्यो । ट्वीटरमा पत्रकार मनोज सत्यालले उक्त भिडियो राखेका छन् ।

भिडियोमा उनले पछि पाइन्ट र पेटी मिलाएका छन् । ट्वीटरमा पत्रकार सत्यालले राखेको भिडियोमा विभिन्न रिप्लाईहरु आएका छन् । ट्वीटर प्रयोगकर्ताले उनको भुँडीका कारण पेटी नअड्डिएको होला भन्ने अनुमान गरेका छन् ।