२१ कात्तिक, पोखरा । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता आज हुँदैछ । अहिले १ बजेसम्म मनोनयन दर्ता हुँदैछ । यसैबीच कास्की–२ निर्वाचन क्षेत्र अहिले सबैको चासोमा छ । प्रतिनिधि सभाको सिट, त्यसमाथि पनि निवर्तमान पर्यटनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्र भएकोले त्यो क्षेत्रमा सबैको चासो छ ।

उक्त निर्वाचन क्षेत्रमा नेकपाको तर्फबाट विद्या भट्टराई र साझा पार्टीका तर्फबाट रजनी केसीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । उनीहरूले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् । उमेद्वारी दर्ता गराएसँगै दुवै नेतृहरुले हात मिलाएको तस्बिर सार्वजननिक भएको छ । तस्बिरमा साझा पार्टीका संयोजक रविन्द्र मिश्र, साझा पार्टीकै प्रवक्त डाक्टर सुर्यराज पाण्डे लगायतकाहरु हाँसिरहेको छन् । उनीहरुले हात मिलाउँदै गर्दा त्यहाँको माहोल पनि हेर्नलायक बनेको थियो ।

निर्वाचन आयोगले मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न समय तोकेको छ । आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ। भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र पर्सि कात्तिक २३ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।