२२ कात्तिक, एजेन्सी । भारत र पाकिस्तानको सीमा क्षेत्र जम्मू–कश्मीरमा गोलीबारी भएको छ । पाकिस्तानले नियम उल्लंघन गरेको भारतको दाबी छ ।

गोलीबारीमा एक भारतीय सेनाको मृत्यु भएको छ । उसो त भारतीय सञ्चारमाध्यमले दुई पाकिस्तानी सैनिकको मृत्यु भएको दाबी गरेको छ । तर पाकिस्तान सरकार यो मान्ने पक्षमा छैन । भारतीय पक्षले पाकिस्तानी सेनाले शुरुमा फायर गरेको आरोप लगाएको छ ।

दुवैपक्षबीच रोकिरोकि फायरिङ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले मृत्यु हुनेमा सुलागेकर कर्नाटक घर भएका भारतीय सेनाका जवान राहुल भैरु भएको बताए । शुक्रबार बिहान भएको गोलीबारीमा भैरु शहिद भएका हुन् ।