१९ भदौ, काठमाडौं । ३ नम्बर प्रदेशका मुख्यमन्त्री र जर्मनीका राजदुत सङ्घीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड शेफरबीच बिहीबार हेटौंडामा भेटवार्ता भएको छ ।

भेटमा जर्मनी सरकार र ३ नम्बर प्रदेशबीच प्राविधिक शिक्षाको बिषयमा विशेष छलफल भएको थियो । प्रदेशसङ्ग मिलेर काम गर्न जर्मनी तयार रहेको राजदुत शेफरले मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए । अहिलेको युग भनेको प्राविधिक शिक्षाको रहेको मुख्यमन्त्री पौडेलले बताए । प्रदेशमा प्राविधिक शिक्षाको धेरै सम्भावना रहेको बताए ।

प्रदेश सरकारले एक स्थानीय तह एक प्राविधिक शिक्षालय भन्ने अभियान लिएको उनले जानकारी दिए । यसको लागि जर्मनीसङ्ग थप छलफल प्रक्रिया अगाडि बढाउने बताए । राजदूत शेफरले जर्मनीले प्राविधिक शिक्षालाई बिस्तार गरीरहेको बताए । प्रदेशसङ्ग प्राथमिकता अनुसार पनि सहकार्य गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । प्रदेशले स्थानीय तहमा स्थापना गर्ने प्राविधिक शिक्षालयलाई सहयोग गर्न सकिने धारणा समेत राजदुत शेफरले राखे । उनले नेपालको बिकास लागि जर्मनी हातेमालो गरेर अगाडि जाने बताए ।